सेनामा २८ महासेनानी र ४५ प्रमुख सेनानीमा बढुवा सिफारिस (सूचीसहित)


काठमाडौं – नेपाली सेनाका २८ जना प्रमुख सेनानी महासेनानीमा बढुवा सिफारिस भएका छन् । त्यसैगरी प्रमुख सेनानीमा ४५ जना बढुवा सिफारिस भएका हुन् ।

उनीहरुको रिक्त स्थानमा बढुवा हुने सेनाले जनाएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले चैत २१ मा बढुवा समितिले गरेको सैनिक अधिकृतहरुको बढुवा सदर गरेका हुन् ।

बढुवा हुने महासेनानीहरुमा नारायण बहादुर थापा, जगदीश खड्का, रामचन्द्र थापा र शशीकिरण रायमाझीलगायत छन् ।

त्यसैगरी प्रमुख सेनानीहरुमा देवेन्द्र खड्का, सुरेन्द्रविक्रम आंगदम्वे, केशव रायामाझी, अभिषेक कार्की, विश्वराज थापा र मिलनध्यव खाँणलगायत छन् ।

यस्तो छ बढुवाको पूर्णसूची :-

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement