बाघको संख्या बढेपछि नेपाललाई हलिउड अभिनेता डिक्याप्रियोको बधाई


काठमाण्डु- नेपालले पछिल्लो १० वर्षमा बाघको सङ्ख्या दोबरभन्दा बढी पुर्‍याउने असाधारण उपलब्धि प्राप्त गरेपछि हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले बधाई दिएका छन् ।

विश्व बाघ दिवसका अवसरमा डिक्याप्रियोले आफ्नो विश्वव्यापी प्रतिबद्धता हासिल गरेकोमा नेपाललाई बधाई दिएका हुन् । ‘२०२२ को सर्वेक्षणले नेपालमा अहिले अनुमानित ३५५ बाघ रहेको खुलासा भएको छ । २०१० मा १२१ वटा बाघ रहेकोमा १२ वर्षपछि ३५५ पुग्नु अविश्वसनीय उपलब्धि हो । यो नेपालको सफलता बाघ संरक्षणमा कोशेढुंगा सावित हुने निश्चित छ ।’ उनले सामाजिक सञ्जालमार्फत् भने ।

रुसको सेन्टपिटर्सबर्ग बाघ सम्मेलन–२०१० मा नेपालले बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियो । तर, त्यसपछिको १२ वर्षमा नेपालमा बाघको संख्या झन्डै तेब्बरले वृद्धि भएको छ । नेपालको बाघ गणनाको तथ्यांकअनुसार सन् २०१० मा १ सय २१ को संख्यामा रहेका बाघको संख्या बढेर ३५५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement