भागबण्डा मिलाउन बागमतीमा मन्त्रालय संख्या थपियो, बिना विभागीय मन्त्रीले पाए जिम्मेवारी


काठमाण्डु- बागमती प्रदेश सरकारमा मन्त्रालयको संख्या बढाइएको छ । भागबण्डामा सहमति जुटाउन प्रदेश सरकारका ११ मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरी १२ वटा मन्त्रालय बनाइएको हो ।

मन्त्रालयको संख्या थप गरिएसँगै लामो समयदेखि जिम्मेवारीविहीन रहँदै आएका मन्त्री रामकृष्ण चित्रकारलाई आइतबार मन्त्रालयको जिम्मेवारी पाएका छन् । नयाँ मन्त्रालयका रुपमा स्थापित उद्योग तथा सामान्य प्रशासन मन्त्रालय स्थापना गरी मन्त्री चित्रकारलाई सोही मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका उपनेतासमेत रहेका मन्त्री चित्रकारले मन्त्री नियुक्त भएदेखि नै जिम्मेवारी पाउन सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement