बागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस

बागमती प्रदेशसभा बैठक माघ १८ गते बोलाउन सिफारिस


मकवानपुर – बागमती प्रदेशसभाको अधिवेशन आगामी माघ १८ गते शुक्रबारका लागि आह्वान गर्न सिफारिस प्रदेश सरकारको मन्त्रिपरिषद्ले सिफारिस गरेको छ ।

मन्त्रिपरिषद् बैठकले माघ १८ गते बिहान ११ बजेका लागि प्रदेशसभाको १५औँ अधिवेशन बैठक आह्वान गर्न प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेशप्रमुख देवकोटाले प्रदेशसभा बैठक आह्वान गर्नेछन् । गत असोज १६ गते प्रदेशसभाको १४औँ अधिवेशन अन्त्य गरिएको थियो ।