छाप र लेटरप्याड चोरेर सुनकुडा क्याम्पस प्रमुखमा ढाँट नियुक्त 


टक खाती, काठमाण्डु- बझाङको सुनकुडा क्याम्पसमा क्याम्पस प्रमुख नियुक्तिको विषय विवादीत बनेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष रमेश अधिकारीले मनोमानी ढगंले प्रमुख नियुक्त गरेको आरोप लागेको हो । यस अघिका क्याम्पस प्रमुख इन्द्रबहादुर बिष्टको समयावधि सकिएको भन्दै अध्यक्ष अधिकारीले क्याम्पस प्रमुखमा चक्रबहादुर ढाँटलाई नियुक्त गरेपछि विवाद बढेको छ ।

विष्टले विज्ञप्ति जारी गर्दै अध्यक्ष अधिकारीले क्याम्पस प्रमुखमा ढाँटलाई छलकपटबाट नियुक्त गरेको आरोप लगाएका छन् । गत पुष २५ गते सो क्याम्पसमा क्याम्पस सञ्चालक समितिको बोलाइएको बैठक स्थगित भएको थियो । बैठक स्थगित भए पनि केही व्यक्तिहरुले बैठक सञ्चालन गर्न खोज्दा समेत ती व्यक्तिहरुलाई घर पठाइएको विज्ञप्ति मार्फत जनाइएको छ ।

तर रातीको समयमा अध्यक्ष अधिकारले क्याम्पसको छाप र लेटरप्याड चोरेर ढाँटलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको जनाइएको छ । क्याम्पसका उप प्राध्यापक समेत रहेका ढाँटको ओरिजिनल सर्टिफिकेट नभएको र फोटोकपीले नै काम चलाइरहेको बारेमा पनि छानबिन गर्न बिष्टले माग गरेका छन् ।

 गत असोज ६ गते उक्त क्याम्पस सञ्चालक समिति अध्यक्षको समय अवधि सकिएको भन्दै त्रिभुवन विश्व विद्यालयबाट पत्र आएको थियो । पत्र आइसक्दा पनि नयाँ समिति गठन नगरेर अवैधानिक ढंगबाट अधिकारीले अध्यक्षको कार्यभार सम्हाल्दै आएका बिष्टले काठमाण्डुपाटीलाई बताए । उनले भने, ‘ अधिकारले आफ्नो श्रीमतीलाई क्याम्पसको प्रशासकीय सहायक राख्न माग गरे । तर मैले अधिकारीको उक्त माग स्वीकार गरिन । त्यही रिसमा क्याम्पस प्रमुखबाट मलाई हटाइयो । त्यसपछि छलकपटका साथ क्याम्पस प्रमुखमा ढाँटलाई नियुक्त गरियो ।’   

प्रतिक्रिया दिनुहोस
Advertisement