बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना, २ को मृत्यु, १२ जना घाइते


बझाङ – बझाङमा जीप दुर्घटना हुँदा १२ जना घाईते र २ जनाको मृत्यु भएको छ ।  बागथलाबाट बिजगडा जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान ७ः४५ बजे बुङ्गल नगरपालिकाको ठिमीबगरमा दुर्घटना भएको हो ।

जीपमा चालकसहित १४ जना सवार रहेका थिए। जिल्ला प्रहरी कार्यालय, बझाङका डीएसपी प्रवीण धितालले दुर्घटनाको पुष्टि गर्दै कञ्चनपुर बेदकोट–५ बस्ने ५६ वर्षीय धनबहादुर बोहरा र ६५ वर्षीया विष्नादेवी बोहोराको ज्यान गएको जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

जीप सडकबाट करिब १५० मिटर तल खसेको छ । दुर्घटनाको कारण नखुलेको र यसबारे अनुसन्धान भइरहेको डीएसपी धितालले जानकारी दिए ।
दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरेर उपचारका लागि लगिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement