बझाङमा भएको जनधनको क्षतिप्रति सांसदहरुको ध्यानाकर्षण, सकारसँग मागे तत्काल राहात (विज्ञप्ती सहित)


काठमाडौं–बझाङमा दुर्घटना र प्राकृतिक प्रकोपका कारण भएको जनधनको क्षतिप्रति सांसदहरुको ध्यानाकर्षण भएको छ ।

बझाङ जिल्लामा केही दिन अगाडी बाढीले ५ जनाको मृत्यु भएको, जीप र्दुघटना ३ जनाले ज्यान गुमाएको, पहिरोले सब इन्जिनियरको मृत्यु भएको र असिना पानीले ९० प्रतिशत बालीनाली तथा फलफुलको क्षति भएकोप्रति बाझाङ जिल्लाबाट निर्वाचित सांसद भैरव बहादुर सिंह र आशा विकले दुख व्यक्त गरेका हु्न् ।

सांसद सिंह र विकले आज संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै घटनामा मृतकप्रति श्रदान्जली व्यक्त गर्दै पीडितप्रति दुख व्यक्त गरेका छन् ।

जारी विज्ञप्तीमा बझाङ जिल्लामा बैसाख १९ गतेदेखि २५ गतेसम्म जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउंपालिकामा अविरल असिना पानी आई जनधन, बालीनालीको क्षती भएको र थलरा गाउंपालिका–४ मा एउटै घरपरिवारका ५ जनाको पहिरोले पुरेर मृत्यु भएको, जीप र्दुघटना ३ जनाको मृत्यु भएको र चिनसंग जोडिएको सेती लोक मार्गमा काम गर्दे गरेका सव–इन्जिनियरको पनि मृत्यु भएकाप्रति पनि दुख व्यक्त गरेको जनाइको छ ।

साथै विज्ञप्तीमार्फत सांसदहरुले जंगलमा चरिराखेका बाख्रा सहित नेपालको राष्ट्रिय चरा डांफे लगायतका अन्य पशुपंक्षीहरु मरेको तथा सो बाढीले भौतिक पूर्वाधार पनि नष्ट भएको, जयपृथ्वी राजमार्गमा यातायात, खानेपानी, सिंचाई, कुलो, विद्युत तथा नहर अवरोध भएको हुँदा बझाङ जिल्लाको जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरुले दैविक प्रकोपले धनजनको क्षति भएको हुँदा बझाङ जिल्लाका पीडित पक्षको लागी राहात सामाग्री वितरण गर्न र सो जिल्लालाई दैविक प्रकोप विपत जिल्ला घोषणा गरि सम्पूर्ण सरोकारवालाहरुलाई राहात योजना तत्काल लागु गर्न सम्बन्धित निकाय र नेपाल सरकारसमक्ष अनुरोध गरेका छन् ।

बैसाख २४ गते सोमबार दिउँसो ११ बजेतिर तल्कोट गाउँपालिकाको रुमैली भन्ने ठाँउमा पहिरो जाँदा चन्द्र नार्गाजुन बानियाँ जेभी कन्स्ट्रक्सन प्रालिमा कार्यरत सब–इन्जिनियर नारायण दाहालको निधन भएको थियो । बैशाख १९ गते आएको असिना र बाढीले ठुलो धनजनको क्षती भएको थियो भने बाढीले जिप बगाउँदा तीन जनाले ज्यान गुमाएका थिए।

बझाङ जिल्लामा केहीदिन यता लगातार आएको असिना र बाढीले ठुलो धनजनको क्षती भएको छ । सोही घटनाप्रति सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement