बलम्बु फ्लाई ओभरको काम अन्तिम चरणमा (तस्वीर)

बलम्बु फ्लाई ओभरको काम अन्तिम चरणमा (तस्वीर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुको नागढुंगा बलम्बु–सिस्नेखोला सुरूङ मार्गलाई त्रिभुवन राजमार्गसँग जोड्न चन्द्रागिरि नगरपालिकाको बलम्बुमा फ्लाई ओभर पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

राजमार्गबाट सुरूङ मार्गतर्फ सवारी साधन मोडिंदा ट्राफिक जामको समस्या हुने भएकाले बलम्बुमा फ्लाई ओभर निर्माण गरिएको हो । फ्लाई ओभर १२८ मिटर लम्बाइ र ७ मिटर चौडाइको हुनेछ ।