बालेनले झापा–५ बाट गराए मनोनयन दर्ता

बालेनले झापा–५ बाट गराए मनोनयन दर्ता


काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले झापा–५ बाट उम्मेदवारी दर्ता गराएका छन्।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्यका लागि शाहले मंगलबार दमकस्थित निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो मनोनयन पत्र दर्ता गराएका हुन्।

शाहको उम्मेदवारीमा भूमिनन्द बराल प्रस्तावक र भेसराज भट्टराई समर्थक रहेका छन्।

झापा–५ बाटै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै छन् ।