काठमाडौंका मेयरलाई धक्का : प्राधिकरणमा स्पष्टीकरण दिनुपर्ने, अन्यथा ५० हजार जरिवाना हुने


काठमाण्डु – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई कानूनी प्रक्रियामा धक्का लागेको छ ।

मेयर शाहले नागरिक उड्डयन प्राधिकरणविरुद्ध उच्च अदालत पाटनमा दायर गरेको रिट खारेज भएको छ । अब उनले प्राधिकरणमा स्पष्टीकरण दिनुपर्ने भएको छ ।

महानगर प्रहरीले जेठ ३२ गते प्राधिकरणको स्वामित्वमा भएको सिनामंगलको जग्गाको फेन्सिङ जाली भत्काएर नियन्त्रणमा लिएपछि महानगर र प्राधिकरणबीच विवाद उत्पन्न भएको थियो । महानगरको कार्य नियमविपरीत भएको दाबी गर्दै प्राधिकरणले असार १ गते महानगरका मेयर शाहलाई ७ दिने स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणविरुद्ध मेयर शाह उच्च अदालत पाटन पुगेका थिए ।

अदालतले रिट खारेज गरिदिएपछि अब मेयर शाहले स्पष्टीकरण दिनुपर्ने भएको छ । स्पष्टीकरण नदिएमा उनलाई नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ को दफा २५ (१) बमोजिम ५० हजारसम्मको जरिवाना हुनसक्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement