काठमाण्डु महानगरले २०८२ जनालाई सीपमूलक तालिम दिने

काठमाण्डु महानगरले २०८२ जनालाई सीपमूलक तालिम दिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाडौं महानगरपालिकाले दुई हजार ८२ जनालाई सीपमूलक तालिम दिने भएको छ। तालिम काठमाण्डुको टुँडिखेलमा जेठ ७ गतेबाट सुरु हुने प्रमुख बालेन शाहले जानकारी दिएका छन्।

महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत तालिम दिइने शाहले बताएका छन्।

‘सीप नजान्नेहरूलाई सिकाउने, आधारभूत तालिम लिएका व्यक्तिहरूलाई स्तरोन्नति गराउने र बजारमा सीपयुक्त जनशक्ति उपलब्ध गराउने उद्देश्य मेलाको मूल उद्देश्य हो,’उनले फेसबूकमा लेखेका छन्।

उनले गत वर्ष श्रमिक दिवस २०८१ का दिनदेखि टुँडिखेलमा पहिलो पटक सीप मेला आयोजना गरिएको स्मरणसमेत गरेका छन्। उक्त मेलाबाट तालिम लिनका लागि ६८ हजार ८६६ जनाले आवेदन दिएको भए पनि दुई हजार ५७५ जनालाई तालिम प्रदान गरिएको उनले बताएका छन्।

तीमध्ये ५० प्रतिशतभन्दा बढीले रोजगारीको अवसर प्राप्त गरिसकेको उनले दाबी गरेका छन्। ‘धेरैजसो स्वरोजगारमा संलग्न भएका छन्। रोजगारी तथा स्वरोजगारको अवसरबाट बाहिर रहेका व्यक्तिहरूका लागि महानगरपालिकाले उद्योग तथा कम्पनीहरूसँग सहकार्य गरेर ‘अन द जब ट्रेनिङ’ समेत गराइरहेको जानकारी गराउन चाहन्छौँ,’ उनले भनेका छन्।