प्रधानमन्त्रीले आज समानुपातिक सांसदसँग छलफल गर्दै

प्रधानमन्त्रीले आज समानुपातिक सांसदसँग छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री बालेन शाहले संघीय संसद्मा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूसँग छलफल गर्र्दै छन्।

प्रधानमन्त्रीका प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री बालेनले बुधबार समानुपातिक सांसदसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे हुने अन्तरक्रिया कार्यक्रममा सांसदहरू आ–आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्ने छन् ।

‘अन्तरक्रियामार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापित गरी नीति निर्माण तथा कार्यान्वयनलाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको छ बजगाईंले बताए ।

प्रदेशगत रूपमा सबै प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्रीले अन्तरक्रिया गरिसकेका छन्। प्रत्यक्ष निर्वाचित सांसदसँगमात्रै प्रधानमन्त्रीले छलफल गरेको भन्दै समानुपातिकबाट निर्वाचित सांसदहरूले असन्तुष्टि जनाउँदै आएका थिए।