प्रधानमन्त्री र भारतका राजदूत श्रीवास्तवबीच भेटवार्ता, दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

प्रधानमन्त्री र भारतका राजदूत श्रीवास्तवबीच भेटवार्ता, दुई देशको सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।
सोमबार मध्यान्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुबीच शिष्टाचार भेट भएको हो ।

भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ।

भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए।

प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए ।

प्रधानमन्त्री शाहले आजै चिनियाँ राजदूत चाङ माओमिङसँग पनि भेटवार्ता गर्दैछन् ।