आफ्नै खर्चमा प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाँदै ५२ व्यवसायी

आफ्नै खर्चमा प्रधानमन्त्रीसँग भारत भ्रमणमा जाँदै ५२ व्यवसायी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री वालेन्द्र शाह मंसिर ६ गते भारत भ्रमणमा जाने भएका छन्। भ्रमणमा ५२ सदस्यीय व्यवसायी टोली पनि सहभागी हुने भएको छ।

परराष्ट्र सचिव अमृत राईका अनुसार व्यवसायीहरू आफ्नै खर्चमा भारत जान लागेका हुन्।

प्रधानमन्त्री शाहसहित सरकारी टोलीमा ३४ जना रहनेछन्। टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह र मुख्य सल्लाहकार कुमार बेनलगायत सहभागी हुनेछन्।

राईले पत्रकार सम्मेलनमार्फत् भ्रमणमा सहभागी हुने सरकारी तथा निजी क्षेत्रका प्रतिनिधिबारे जानकारी दिएका हुन्।

भ्रमणमा पत्रकारहरूको छुट्टै टोली पनि सहभागी हुनेछ। उनीहरू पनि आफ्नै खर्चमा भारत जानेछन्।

प्रधानमन्त्री शाहले मंसिर ७ गते भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।