बालगृहका नाममा ठगी धन्दा


काठमाडौं – कालिकोटको तिलागुफा नगरपालिका ९ का जयबहादुर विकले छिमेकीमाझ अनौठो प्रस्ताव राखे। प्रस्ताव थियो– अभिभावकले सुरुवाती चरणमा केही रकम उपलब्ध गराए कक्षा १० सम्म काठमाडौंमा निःशुल्क अंग्रेजी माध्यममा पढाइदिने। साँझबिहान घरपरिवार चलाउन समेत धौधौ भएका अभिभावकका लागि उक्त प्रस्ताव आकर्षक थियो।

आफ्नै चिनेजानेका छिमेकी जयबहादुरबाट राम्रो खालको प्रस्ताव आएपछि हिमा गाउँपालिका ७ का रामबहादुर बुढा केही पैसा तिरेरै भए पनि आफ्ना दुई छोरी काठमाडौं पठाउन राजी भए। बुढाले छोरीलाई उच्च शिक्षा अध्ययन गराउनकै लागि भनेर जयबहादुरले सञ्चालन गर्दै आएको बूढानीलकण्ठ नगरपालिका ८ गल्फुटारमा रहेको कर्णाली होम बालगृहमा २०७५ जेठमा पठाए। जयबहादुरको धन्दा भने अर्कै रहेछ।

जयबहादुरले विकट गाउँबाट बालबालिका ल्याएर पढाउनुको सट्टा उल्टै अलपत्र पार्दारहेछन्। अभिभावककै उजुरीका आधारमा साबिकको केन्द्रीय बाल कल्याण समिति (हालको राष्ट्रिय बालअधिकार परिषद्) ले अनुगमनका क्रममा जयबहादुरले कानुनविपरीत बालबालिका ल्याएर अलपत्र पार्दै आएको भेट्टाएसँगै गत वैशाख २४ गते १९ जना बालबालिकाको उद्धार गरिएको थियो। याे खबर नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement