काठमाण्डु– रसुवाको टिमुरेमा बाढी–पहिरोले पुरिएको अवस्थामा रहेकी करिब ६ वर्षीया बालिकालाई सशस्त्र प्रहरीको उद्धार टोलीले जीवितै फेला पारेको छ।
गोसाईंकुण्ड गाउँपालिका–२ टिमुरेमा शुक्रबार साँझ खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोएको आवाज सुनेपछि त्यसतर्फ खोजी केन्द्रित गरेको थियो। केहीबेरको प्रयासपछि बालिकालाई माटोभित्र पुरिएको अवस्थामा फेला पारिएको हो।
सीमा सुरक्षा चौकी टिमुरेबाट खटिएको ६ सदस्यीय टोलीले तत्काल बालिकालाई बाहिर निकालेर चौकीमा ल्याएको थियो। उद्धारका क्रममा बालिका अचेत अवस्थामा भेटिएकी थिइन् भने उनको अवस्था कमजोर रहेको जनाइएको छ।
चौकीमा ल्याएपछि उनलाई न्यानो बनाएर राखिएको छ। थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्ने तयारी गरिए पनि रात परिसकेकाले तत्काल उडान हुन नसकेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया