काठमाण्डु– गृहमन्त्री रमेश लेखकले पोखरा भ्रमण वर्षमा बेलुन विष्फोट भएको घटना छानबिन गर्न समिति गठन गरेका छन् ।
गृहमन्त्री लेखकले आइतबार मन्त्रीस्तरको निर्णयबाट ८ सदस्यीय छानविन समिति गठन गरेका हुन् । विष्फोटमा परी अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका छन् ।
समितिमा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य छन् ।
समितिको सदस्य सचिव कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री छन् । समितिमा एक जना विष्फोटक पदार्थ विज्ञ समेत रहने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ ।
प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको गृह मन्त्रालयले जनाएको छ ।
याे पनि पढ्नुहाेस् : अस्पतालले बन्द गर्यो घाइते अर्थमन्त्री पौडेल र मेयर आचार्यसँगको भेटघाट
प्रतिक्रिया