मृतक बुवाको नाममा निलकण्ठ माविमा २ लाखको अक्षयकोष बनाउने घोषणा

मृतक बुवाको नाममा निलकण्ठ माविमा २ लाखको अक्षयकोष बनाउने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम – जिल्लाको रामारोशन गाउँपालिका–५ पातल खोडेखोला निवासी बलराम रोकायाले बुवाको स्मृतिमा २ लाख बराबरको गगनसिंह स्मृति अक्षयकोष बनाउने घोषणा गरेका छन् ।

७२ वर्षको उमेरमा दिवंगत भएका बुवा गगनसिंह रोकायाको १० दिने पुण्यतिथिमा आज उनले अक्षयकोषको घोषणा गरेका हुन् ।

रोकायाले आफू पहिलोपटक भर्ना भएर पढेको निलकण्ठ मावि पातलमा बुवाको स्मृतिमा अक्षयकोष स्थापना गर्ने घोषणा गरे ।

पछिल्लो समयको प्रगतिशील भनिने माओवादी आन्दोलनको उपलब्धिलाई पुँजीवादी संस्कृतिले धरासायी बनाइरहेको वर्तमान परिवेशमा हरेक सामाजिक सांस्कृतिक स्टेनली संस्कारहरू जनमुखी बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको उनले बताए ।

आजको २१औं शताब्दीमा संस्कारको नाममा रुढीवाद र अन्धविश्वासलाई मात्रै निरन्तरता दिइरहनु दुःखद रहेको उनले बताए । क्रान्तिकारी विचार प्रवाह गरिरहने रोकायाले गलत राजनीतिक प्रवृत्तिले धरासायी बनेको आफ्नो गाउँको सार्वजनिक शिक्षामा थोरै भए पनि रूपान्तरणको सुरुवात हुने र यस्ता जनहितकारी सामाजिक कार्यलाई संस्कार र संस्कृतिकै रूपमा विकास गर्न सके आफूले गरेको परिवर्तनकामी कार्यको श्रीगणेश सार्वजनिक शिक्षा सुधारको कोसेढुंगा साबित हुने बताए ।

अक्षयकोषमा वार्षिक रूपमा रकम बढाउँदै लैजाने उद्देश्य रहेको समेत उनले प्रस्ट्याएका छन् ।