वामदेव गौतमलाई रास्ट्रियसभामा सिफारीस गर्न मन्त्रिपरिषद् बैठक बस्दै


काठमाण्डु- प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । शुक्रबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको हो ।

आजको बैठकले गौतमको उक्त प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्नेछ । बिहीबार नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय सभा सदस्यमा अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल भदौ २० गतेबाट सकिँदैछ ।राष्ट्रियसभाको पदावधि सकिएसँगै खतिवडाको मन्त्री पद पनि स्वतः सकिएको छ । खतिवडाको स्थानमा गौतमलाई लिने नेकपा सचिवालय बैठकले निर्णय गरेको हो । स्रोतकाअनुसार अर्थमन्त्री खतिवडालाई प्रधानमन्त्रीले मुख्य सल्लाहकार बन्न प्रस्ताव गरेका छन् ।

सरकारको तर्फबाट गरिएको सिफारिशका आधारमा राष्ट्रियसभा सदस्य राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान रहेको छ । संवैधानिक प्रावधानअनुसार राष्ट्रियसभामा सरकारको सिफारिशमा राष्ट्रपतिले तीन जना सदस्य नियुक्त गर्ने प्रावधान रहेको छ ।

यसअघि सिफारिशसहित नियुक्त भएका राष्ट्रियसभा सदस्यमा डा. खतिवडा, रामनारायण विडारी र बिमला राई पौडेल हुन् । त्यसमध्ये डा खतिवडाको दुई वर्षे कार्यकाल गत फागुनमा नै सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement