कांग्रेससँग चुनावी बार्गेनिङ गर्न बाम एकताको बहस !


काठमाण्डु- पछिल्लो समय सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा नेकपा एकीृकत समाजवादीका अध्यक्षद्वयले समाजवादी केन्द्र निर्माणको पहल गरीरहका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले बहसमा ल्याएको समाजवादी केन्द्र निर्माणको बहसले सत्ता गठबन्धन नै तताएको छ । प्रण्डले चिराचिरामा विभक्त कम्युनिस्टहरूलाई एउटै छातामुनि ल्याउन समाजवादी केन्द्र निर्माण पहल हनुपर्ने बताएका छन् ।

उनको यो पहललाई एमालेबाट बाहिरिएर नेकपा एकता राष्ट्रिय अभियान चलाइरहेका वामदेव गौतम, संघीय समाजवादी पार्टीबाट निष्कासनमा परेका डा. बाबुराम भट्टराई, नेकपा एमालेबाट चोइटिएर नेकपा एस गठन गरेको उक्त पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतले साथ दिइरहेका छन् । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम समाजवादी निर्माण गर्न लागि परेका छन् ।

सोमबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र बामदेवबीच भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा समाजवादी केन्द्रको एकता संयोजक समिति बनाउने विषयमा छलफल भएको जनाइएको छ । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता गौतमले आफूहरुको नेता प्रचण्ड हो भन्दै छलफलबारे उनैसँग कुरा गर्न आग्रह गरेका थिए ।

कांग्रेससँग चुनावी बार्गेनिङ गर्न बाम एकताको चर्चा चलिरहेको छ: नेता कोइराला

यता नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले कांग्रेससँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको बहस भइरहेको बताएका छन् ।

सत्ता गठबन्धनका पाँच दलमध्ये कांग्रेस बाहेकका दलले चुनावी तालमेल गर्ने आवाज उठिरहेका बेला नेता कोइरालाले भने संघीय चुनावमा कांग्रेसँग बार्गेनिङ गर्न मात्रै वाम गठबन्धनको बहस भइरहेको बताएका हुन् ।

बुधबार नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बाम एकताको नाममा कांग्रेससँग बार्गेनिङ गर्ने चलखेल भइरहेको बताए ।

‘माओवादी, एकीकृत समाजवादी र जसपाले तालमेलका कुरा जसरी उठाइरहेका छन्, यो बार्गेनिङ गर्नका लागि हो । हामी नै सबै हौं भन्ने उनीहरुलाई लागेको छ, तर बुझ्नुपर्ने कुरा के हो भने नेपाली कांग्रेस लार्ज (ठूलो) पार्टी हो ।’, उनले भने ।

त्यसैगरी नेता कोइरालाले संघीय चुनावमा तालमेल गर्ने क्रममा ५ वर्ष नेपाली कांग्रेसको नेतृत्वमा स्थिर सरकार बन्ने ग्यारेन्टी हुनुपर्ने दावी गरे ।

संघ र प्रदेशको निर्वाचनका लागि सत्ता गठबन्धन भित्र हुने सिट बाँडफाटमा माओवादी केन्द्रले भनेअनुसार जान नसकिने उनको भनाइ छ । ‘सिट बाँडफाँट कसरी हुन्छ त म भन्न सक्दिनँ, तर जसरी माओवादीले सिट बाँडौं भनिरहेको छ, त्यसरी हुँदैन,’ उनले भने, ‘२०७४ सालको आधारमा सिट बाँडफाँट हुन सक्दैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement