नेपाली सेनाको संख्या घटाउनेबारे बहस नगरौं, दुई लाख थप्नुपर्छ : बामदेव गौतम


काठमाण्डु- राष्ट्रियसभाका सांसद बामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्ताव औचित्यहीन भएको बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका गौतमले बिहीवार राष्ट्रियसभाबैठकमा बोल्दैँ राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको संख्यालाई घटाउने विषय सेनाको अपमान गर्नु बाहेक अन्य केही नभएको बताएका हुन् ।  नेपाली सेनाले धेरै अप्ठयारो परेका बेला नेपालको रक्षा गरेको भन्दै गौतमले सेनाबारे बहस गर्नेहरुलाई इतिहास पढ्न सुझाव दिए ।

‘नेपाली सेनाले धेरै धेरै अप्ठ्यारोमा नेपाल राष्ट्रको रक्षा गरेको छ । नेपाली जनताको रक्षा गरेको छ । र, अन्तिम पटक नेपाली सेनाले राजतन्त्र अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी हुँदाखेरि त्यो संविधानलाई सलाम ठोकेर हामी समर्थन गर्छौं भनेर भन्यो । यो संसारमा राजतन्त्रले, राजाले निर्माण गरेको यत्रो लामो इतिहास भएको फौजले जनताले जे निर्णय गर्छन्, त्यो हामी शिरोधार्य गर्छौ भनेर भनेको अर्को इतिहास छैन । त्यसकारण सेनाको संख्याबारे बहस नगरौं । सेनाको संख्या घटाउने हैन दुई लाख थप्नुपर्छ ?’, उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement