एकनाले बन्दुक बरामद


कपिलवस्तु – महाराजगंज नगरपालिका–८ सिंग्राहा–कजरहवाबाट प्रहरीले एकनाले बन्दुक बरामद गरेको छ ।

कजरहवास्थित सडकको किनारमा रहेको बगैचाबाट मंगलबार राति प्रहरीले बाह्रबोरको एक थान एकनाले बन्दुक बरामद गरेको हो ।

सीमा प्रहरी चौकी हर्दौनाबाट खटिएको प्रहरीलाई देख्नासाथ अन्दाजी २३ जनाको समूहमा रहेका अपरिचित व्यक्तिहरुले प्लाष्टिकको सेतो बोरा फाली फरार भए पश्चात प्रहरीलेबोरा खोली उक्त बन्दुक फेला पारेको हो ।

फरार व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement