बंगलादेशकी प्रधानमन्त्री हसिना र परराष्ट्रमन्त्री साउदबीच भेटवार्ता


काठमाण्डु – बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको ।आइतबार प्रधानमन्त्री हसिना र परराष्ट्रमन्त्री साउदबीच गणभवनमा भेटवार्ता भएको हो।

भेटवार्तामा उनीहरूले दुई मुलुकबीच सीमापार कनेक्टीभीटी,व्यापार,पारवहन,उर्जा र शिक्षालगायत समग्र अन्य विषयलाई अघि बढाउने बारेमा छलफल भएको छ ।

‘छैटौं इन्डियन ओसन कन्फ्रेन्स २०२३’ मा सहभागी हुन साउद शुक्रबार बंगलादेशको राजधानी ढाका गएका हुन् । उक्त कार्यक्रम भारतीय विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बंगलादेशको विदेश मन्त्रालयको संयुक्त आयोजनामा भएको हो।

प्रतिक्रिया दिनुहोस
Advertisement