बङ्गलादेशका राष्ट्रपतिलाई भुल्ने बिमार पुष्टि, पदबाट दिए राजीनामा

बङ्गलादेशका राष्ट्रपतिलाई भुल्ने बिमार पुष्टि, पदबाट दिए राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बङ्गलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दिनले गम्भीर स्वास्थ्य समस्याको कारण देखाउँदै पदबाट राजीनामा दिएका छन्। शुक्रबार राजीनामा बारे उनको कार्यालयले पुष्टि गरेको हो।

पूर्वप्रधानमन्त्री शेख हसिनाका निकट सहयोगी मानिएका ७६ वर्षीय शाहाबुद्दिनले सन् २०२३ को अप्रिलदेखि राष्ट्रपतिको मुख्यतः औपचारिक पद सम्हाल्दै आएका थिए।

उनको कार्यकालमा सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनपछि शेख हसिना भारत पलायन गर्न बाध्य भएको राजनीतिक उथलपुथल पनि परेको थियो।

प्रेस सचिवमार्फत जारी विज्ञप्तिमा शाहाबुद्दिनले भनेका छन्, ‘हालै गरिएको स्वास्थ्य परीक्षणमा मलाई ‘अटोनोमिक न्युरोप्याथी’भएको पुष्टि भएको छ। यस रोगका कारण मलाई कहिलेकाहीँ केही क्षणका लागि चेतना गुम्ने समस्या हुने गरेको छ।’

शाहाबुद्दिनको राजीनामासँगै आगामी पाँच महिनापछि शेख हसिनाले स्वदेश फर्कने योजना अघि बढाइरहेका बेला उच्च संवैधानिक पदमा उनका कुनै पनि सहयोगी बाँकी नरहने भएको छ।

हसिनाको नेतृत्वमा रहेको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाइएको छ। सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनले उनको सरकार ढालेपछि पार्टीका धेरै नेता तथा कार्यकर्ता पक्राउ परेका छन् भने धेरै जना लुकेर बसिरहेका छन्।

विज्ञप्तिअनुसार नयाँ राष्ट्रपति निर्वाचित नभएसम्म राष्ट्रिय संसद ९जातीय संसद० का सभामुखले राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्।

बङ्गलादेशका राष्ट्रपतिले राष्ट्रप्रमुख तथा सशस्त्र बलका सर्वोच्च कमान्डरको भूमिका निर्वाह गर्ने भए पनि १७ करोड ३० लाख जनसंख्या भएको मुख्यतः मुस्लिम राष्ट्रमा कार्यकारी अधिकार भने प्रधानमन्त्री र मन्त्रिपरिषद्मा निहित रहेको छ।