बङ्गलादेशमा प्रदर्शन फेरि चर्कियो, प्रधानमन्त्रीको राजीनामा माग

बङ्गलादेशमा प्रदर्शन फेरि चर्कियो, प्रधानमन्त्रीको राजीनामा माग


काठमाण्डु-बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै फेरि प्रदर्शन चर्किएको छ ।

शनिवार प्रधानमन्त्रीले वार्ताका लागि गरेको प्रस्ताव अस्विकार गर्दै आन्दोलनरत विद्यार्थीहरूले प्रधानमन्त्री हसिनाको राजीनामा माग गर्दै बङ्गलादेशको राजधानी ढाकाको मुख्य सडकहरू घेराउ गर्दै प्रदर्शन गरेका हुन् ।

समन्वयक नाहिद इस्लाम नामक विद्यार्थी सङ्गठनले सरकार र फासीवादी शासनको अन्त्य हुनु पर्ने माग गर्दै विद्यार्थी विद्रोहको घोषणा गरेको छ ।

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षणको व्यवस्था अन्त्यको माग गर्दै भएको आन्दोलनमा २ सयभन्दा बढी विद्यार्थी मारिएका छन् भने अझै पनि आन्दोलन जारी नै रहेको छ ।