काठमाण्डु- रौतहटमा एक मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार भएको छ । परोहा नगरपालिका-९ स्थित शिव मनी ट्रान्सफरका सञ्चालक नितेश साहमाथि शुक्रबार गोली प्रहार भएको हो ।
शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित तीन जना लुटेराहरूले साहलाई धम्क्याउँदै करिब ५२ लाख रुपैयाँ लुटपाट गरेका थिए । लुटपाटका क्रममा साहलाई बैंकबाट बाहिर निकालेर उनीहरुले गोली प्रहार गरेका हुन् । प्रहरीका अनुसार गोली साहको कान छेडेर बाहिर निस्केको छ ।
लुटपाट गर्न आएका तिनै जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिकहरु मनिस कुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंह छन्। पक्राउ परेकाहरुको साथबाट हतियार समेत बरामद भएको छ ।
यसअघि प्रकाशित समाचारमा ग्लोबल आईएमई बैंकको नाम उल्लेख हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको छ: सम्पादक
प्रतिक्रिया