काठमाण्डु – कुमारी बैंक लिमिटेड र अप्टिक आइज चाबहिलबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई अप्टिक आइजबाट प्रदान गरिने विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताबमोजिम अप्टिक आइजबाट प्रदान गरिँदै आएका सेवाहरूमा ग्राहकलाई फ्रेम र सनग्लासहरूमा १५%, आँखा जाँचको ओपीडी टिकटमा १०%, ब्रान्डेड फ्रेममा १०%, ब्रान्डेड लेन्स, कन्ट्याक्ट लेन्स, पे्रस्क्रिप्सन लेन्स, प्रोग्रेसिभ लेन्स, कन्ट्याक्ट लेन्स सोलुसनमा ५% छुट र चश्माको सामान्य मर्मत तथा परामर्श नि स्शुल्क गरिने सम्झौता भएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले अनवरत रूपमा वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ एकाईहरूमार्फत ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवा प्रदान गर्दै आइरहेको छ ।
आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता बैंकले जनाएको छ ।
प्रतिक्रिया