बारामा एमालेकी गुरुङको प्यानलै विजयी


बारा – बारोको जितपुरसिमरा उपमहानगरपालिका–१४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । लोकप्रिय मतका साथ एमालेकी उम्मेदवार चयन गुरुङको प्यानलै विजयी भएको हो ।

गुरुङले एक हजार तीन सय २५ मत प्राप्त गरेकी छन भने उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका भरतप्रसाद भण्डारीले ९२३ मत प्राप्त गरे । गुरुङ चार सय दुईको फराकिलो मतान्तरले विजयी भएकी हुन् ।

उक्त वडामा एमालेमा महिला सदस्य उम्मेदवार रामपति थरुनी, दलित महिला सदस्य उम्मेदवार गिता सार्की, सदस्य उम्मेदवारहरु तेज नारायण चौधरी र यमनाथ ढकाल विजयी भएका छन् ।

गुरुङ सम्भवत् बारामै र जितपुरसिमरा उपमहानगरपालिकाकै पहिलो महिला वडाध्यक्षको रुपमा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement