खोप लगाउन नमान्ने ब्राजिलका राष्ट्रपतिलाई घरेलु खेल मैदानमै प्रतिवन्ध


एजेन्सी – खोप नलगाएकै कारण ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई फुटबल खेल हेर्न प्रतिवन्ध लगाइएको छ । ब्राजिलको घरेलु टिम सान्तोस र ग्रिमिओ फुटबल क्लब बीच घरेलु मैदानमा भइरहेको क्लब स्तरीय खेल हेर्न राष्ट्रपतिलाई रोक लगाइएको हो ।

खोप नलगाएका व्यक्तिहरुलाई खेल हेर्न क्लबले अनुमति नदिएपछि राष्ट्रपति समस्यामा परेका हुन् । ‘मैले फुटबल हेर्न खोजे । त्यहीबेला उनीहरूले मलाई खोप लगाएको हो भनेर सोधे,’ बोल्सोनारोले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्र्दै भनेका छन् । ‘फुटबल हेर्न किन खोप लगाउनु पर्यो?’ उनले प्रश्न गरेका छन् ।

बोल्सोनारोले अहिलेसम्म कोभिड खोप लगाउन मानेका छैनन् र अरुलाई पनि नलगाउन दुत्साहन गर्दै आएका छन् । कोभिड संक्रमणलाई उनले जहिले पनि हल्का ढंगले टिप्पणी गर्दै आएका छन् । आफ्नो शरीरमा पर्याप्त एन्टीबडी भएकोले खोप लगाउन आवश्यक नभएको उनले बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement