ठमेलबाट विदेशी मुद्रासहित ५० लाखभन्दा बढी बरामद

ठमेलबाट विदेशी मुद्रासहित ५० लाखभन्दा बढी बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् ।

चितवन बिसौनीकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई ठमेलबाट आज पक्राउ गरिएको हो ।

उनीहरूबाट नेपाली ५० लाख ५० हजार, ओमानी रियाल चार हजार २१५ र संयुक्त अरब इमिरेट्सको ५५ दिराम बरामद भएको जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता दानबहादुर थापाले जानकारी दिए ।

बुधबार दिउँसो ठमेलको एक होटलमा लुकाइ राखेको अवस्थामा उक्त रकम बरामद भएको थियो ।