काठमाण्डु– महेन्द्र राजमार्गअन्तर्गत बर्दघाट–दाउन्ने सडकखण्ड मंगलबार रातभर पूर्ण रूपमा बन्द हुने भएको छ ।आज राति १० बजेदेखि भोलि बिहान ५ बजेसम्म यो खण्ड पूर्ण रूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय नवलपरासीले जनाएको छ ।
बर्दघाट नगरपालिका–४ दाउन्ने जंगलको खुर्साने खोलास्थित राजमार्गमा रिटेनिङ वाल भत्किएको छ भने ४ सय मिटर सडक भास्सिएको छ ।सडक मर्मत गरी सहज यातायात खुलाउने प्रयोजनका लागि मंगलबार रातभरि बन्द गरिने प्रशासनले जनाएको छ ।
सोमबार साँझबाट अवरुद्ध बाटो रातभर काम गरी मंगलबा बिहान पौने ९ बजे एकतर्फी खुला गरिएको थियो ।
यस्तै पृथ्वी राजमार्ग दुई घण्टाका लागि पुनस् बन्द गरिएको छ ।१२ गतेको बाढीपहिरोपछि एकतर्फीरुपमा सञ्चालन भएको सडक दिउँसो २ बजेससम्मका लागि पूर्ण रुपमा बन्द गरिएको हो ।
झ्याप्लेखोलाको पहिरो पन्छाएर सडकलाई पूर्णरुपमा सञ्चालन ल्याउनका लागि २ घण्टाका लागि बन्द गरिएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया