महिलाको मृत्युपछि बर्दिबासमा तनाव, आगजनी र तोडफोड

महिलाको मृत्युपछि बर्दिबासमा तनाव, आगजनी र तोडफोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महोत्तरीको बर्दिबासमा एक विवाहित महिलाको मृत्यु भएपछि माइती पक्ष र गाउँलेले घरमा आगजनी । तोडफोड गरेका छन् ।

बर्दिवास नगरपालिका–१२ डाँडाटोलका शशी सिंहको श्रीमती रिंकु कुमारी सिहं आफू सुत्ने कोठामा पंखा झुण्डयाउने सिलिङमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । स्थानीयका अनुसार परिवारले ती महिलालाई यातना दिँदै आएको थियो ।

मृतकका माइती पक्षले हत्या भएको आरोप लगाउँदै ससुराली घरमा तोडफोड तथा आगजनी गरेका थिए । स्थिति नियन्त्रणमा लिन पुगेका प्रहरीमाथि मृतकका माइती पक्ष जाइलागेका थिए । सोही क्रममा प्रहरी र मृतकका माइती पक्षबीच झडप भएको हो ।

गौशाला नगरपालिका–११ कान्तिबजारकी स्थायी बासिन्दा पिंकीको मृत्युको खबर पाएलगत्तै उनका आफन्त तथा माइती पक्षका मानिसहरू ठूलो संख्यामा घटनास्थल पुगेका थिए ।

आक्रोशित समूहले शुक्रबार राती ८ बजेको समयमा आक्रोशित भीडले घरमा पार्क गरेको कारमा आगो लगाएका थिए । एक मोटरसाइकल र स्कुटिमा तोडफोड गरेका थिए । प्रहरीले आगलागी नियन्त्रणमा लिएका थिए । घरका सबै सरसमान निकालेर फालेका थिए ।

स्थिति तनावग्रस्त बनेपछि इलाका प्रहरी कार्यालय बर्दिवास तथा सशस्त्र प्रहरी बल नेपाल, बेस क्याम्प पशुपतिनगरबाट थप सुरक्षा टोली परिचालन गरिएको छ ।

प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा केही व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । पिंकीको मृत्युको कारण अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । यद्यपि, मृतकका परिवारजनले ससुराली पक्षबाट लामो समयदेखि यातना दिइएको र घटनामा शंकास्पद अवस्था रहेको आरोप लगाएका छन् ।