माथिल्लो तामाकोशी जलबिद्युत आयोजनालाई चालु आर्थिक बर्षभित्रै सम्पन्न गर्ने मन्त्रीको दाबी


दोलखा– उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले माथिल्लो तामाकोसी जलबिद्युत आयोजनामा दोलखावासीको शेयर लगानीको अनुपातलाई हेरेर मात्रै तामाकोसी पाँचौंमा लगानीको वातावरण सुनिश्चित गरिने बताएका छन् ।

उर्जामन्त्री पुनले माथिल्लो तामाकोशी आयोजनाले दोलखावासीका लागि जारी गरेको शेयरमा जनताको सहभागितालाई हेरेर मात्रै ९० मेगावाटको तामाकोशी पाँचौं आयोजनामा दोलखावासीको शेयर लगानीको सुनिश्चितता हुने बताए ।

माथिल्लो तामाकोशी आयोजनाले दोलखावासीका लागि जारी गरेको शेयर आवेदनको सदरमुकाम चरिकोटमा बुधवार सुभारम्भ गर्दै मन्त्री पुनले माथिल्लो तामाकोशीकै शेयर विक्रि हुन नसके तामाकोशी पाँचौं वा अन्य आयोजनामा शेयर दिएर कुनै अर्थ नहुने धारणा राखे ।

तामाकोशी पाँचौं आयोजनालाई उर्जा मन्त्रालयले ‘जनताको जलबिद्युत आयोजना’ मा राखिसकेको र लगानी समेत जुट्ने अवस्था भएको मन्त्री पुनले जानकारी दिए ।

माथिल्लो तामाकोशी आयोजनालाई चालु आर्थिक बर्षभित्रै सम्पन्न गर्ने मन्त्री पुनको भनाई थियो । तामाकोशीवाट बिजुली उत्पादन हुने बित्तिकै आगामी बर्षको बर्षायामवाटै केहि घण्टा बिद्युत खपत हुने र बिद्युत आयात घट्ने मन्त्री पुनको दाबी थियो ।

उर्जामन्त्री पुनले आगामी १० बर्षमा १० देखि १५ हजार मेगावाट बिद्युत उत्पादन गर्ने गरी उर्जा मन्त्रालयले कार्य योजना बनाएर काम गरिरहेको जानकारी पनि समेत दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement