बार्सिलोनाले रियल मड्रिडलाई ४–३ ले हरायो

बार्सिलोनाले रियल मड्रिडलाई ४–३ ले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बार्सिलोना स्पेनिस ला लिगाको उपाधितर्फ एक कदम अगाडि बढेको छ । गएराति भएको ऐतिहासिक एल क्लासिकोमा ४–३ को जीत निकाल्दै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल मड्रिडसँगको अङ्क दूरी सातमा पुर्‍याएको हो ।

बार्सिलोनाको जीतमा लामिन यामालर र एरिक गार्सियाले समान एक र राफिन्हाले दुई गोल गरे भने रियल मड्रिडका लागि किलियन एमबाप्पेले ह्याट्रिक पूरा गरे ।

शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अङ्क छ । रियलको भने समान खेलबाट ७५ अङ्क छ । अब लिगका तीन खेल मात्र बाँकी छन् । तीमध्ये एक खेलमा जीत या सबैमा बराबरी नतिजा निकाले पनि बार्सिलोना च्याम्पियन बन्नेछ ।

यस सिजन चारवटै क्लासिकोमा बार्सिलोनाले जीत निकाल्न सफल भएको हो । जसमध्ये पछिल्लो जीत कोपा डेल रे फाइनलमा निस्किएको थियो ।

ह्यान्सी फ्लिकको पहिलो सिजनमै क्लासिकोमा चारमा चार अपराजित कीर्तिमान राख्न सक्नु आफ्नै ठूलो उपलब्धि हो ।