चावहिल–साँखु सडकमा प्रहरी र स्थानियबीच झडप


काठमाण्डौं – निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा छिट्टै कालोपत्रे गनुपर्ने माग गर्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका स्थानीयबासी र प्रहरीबीच झडप भएको छ ।

बौद्धमा बौद्ध व्यापार सङ्घको अगुवाईमा बाटो धुलोमुक्त बनाउ भन्दै प्रदर्शनमा उत्रीएका स्थानिय र प्रहरीबीच झडप भएको हो । बिहीबार पनि सङ्घर्ष समितिले चाँडो कालोपत्रे गर्न मागसहित चुच्चेपाटी जोरपाटी क्षेत्रमा सडक अवरुद्ध नै गरेको थियो ।

उनीहरुले सडकमा टायर बालेर प्रर्दशन गरेका छन् । झडपका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement