भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन


काठमाडौं –  भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको बिहिबार निधन भएको छ । उनलाई लाइफ सपोर्टमा राखिएको थियो । ९३ वर्षीय वाजपेयीको अल इण्डिया इन्सटिच्युट अफ मेडिकल साइन्स (एम्स) मा विगत दुई महिना अघिदेखि उपचार भइरहेको थियो ।

बिहिबार अचानक उनको स्वास्थ्य झन् बिग्रिएकाले लाइफ सपोर्टमा राखिएको चिकित्सकहरुलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतीय जनता पार्टीको संस्थापकसमेत रहेका वाजपेयी मिर्गौला र छातिको समस्याबाट पीडित थिए । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, मन्त्रीहरु, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह लगायत अस्पताल पुगेका थिए ।

वाजपेयी तीन पटकसम्म भारतको प्रधानमन्त्री बनेका थिए । उनी १६ मे १९९६ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए । उनलाई देशको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाटसम्मान पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement