किन रोक्यो सरकारले क्यान्सर रोगीको आर्थिक सहायता ?


काठमाडौं – सरकारले क्यान्सर रोगीहरुलाई दिँदै आएको एक लाख आर्थिक सहायता रोक्का गरेको पाइएको छ ।

बजेट अभावमा ५ महिनादेखि आर्थिक सहायता रोकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौंधरीले स्वीकार गरिन् । उनका अनुसार क्यान्सर रोगीहरुको सूची तयार पार्ने काम पनि रोकिएको छ ।

आइतबार काठमाडौंमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा आँखाको क्यान्सर रोगको उपचारको लागि पनि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने बताइन् ।

कार्यक्रममा तिलगंगा अस्पतालका संस्थापक एवम् कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement