विधेयक फिर्ता माग गर्दै पत्रकार एक खुट्टा उचालेर उत्रिए बिरोधमा


सुनसरी – नेपाल सरकारले मिडियालाई अंकुश लगाउन मिडिया काउन्सिल सम्वन्धी विधेयक संसदमा पेस गरेको भन्दै प्रेस युनियन सुनसरीले इटहरीमा सडक प्रर्दशन गरेको छ । संसदमा पेश गरिएको काउन्सिलसम्बन्धी विधेयक तत्काल फिर्ता गर्न माग गर्दै पत्रकारहरुले इटहरी चोकमा एक खुट्टा उचालेर र मुखमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

पत्रकारहरुले इटहरी चोकमा र्‍याली सहित मुखमा कालो पट्टी र एक खुट्टा उचालेर आधा घण्टासम्म विरोध गरेका हुन । सरकारले पत्रकारलाई कमजोर तथा निरुत्साहित गर्न खोजेको भन्दै साङ्केतिक विरोध स्वरुपमा मुखमा पट्टी र एक खुट्टा उचालेको प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले जनाए । पुरीले भने उक्त विधेयक तत्काल फिर्ता लिनु पर्छ ।

प्रेस स्वतन्त्रता हनन गर्ने गरी, संबिधानको मुल मर्म बिपरित तथा अन्तर्राष्ट्रिय अभ्यासको समेत बिपरित हुने किसिमले ल्याउने कुनै पनि कानुन पत्रकारलाई मान्य नहुने पत्रकारहरुले बताएका हुन । उनीहरुले तत्काल विधेयक फिर्ता नलिए सुनसरीबाटै सशक्त आन्दोलनको कार्यक्रम गर्ने बताएका छन । नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुईटेल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का लगायतको समेत उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement