‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद टुंगियो


काठमडौं – हाँस्यटेलिशृङ्खला ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद सहमतिमा टुङ्गिएको छ । ‘सक्किगो नि’मा कलाकार कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत केही कलाकारले निर्वाह गर्दै आएको चरित्र आफ्नो शृङ्खला ‘भद्रगोल’को चरित्र भएको भन्दै मिडिया हवका मालिक सोम धितालले गत ३ गते ‘सक्किगो नि’ नामको टेलिशृङ्खलाविरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

कलाकार र सर्जकले मिडिया हब प्रा.लि.ले पनि सम्मान गर्ने र सर्जक कलाकारले पनि मिडिया हब प्रा.लि.को योगदान र सहयोगलाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिबद्धता दुबै पक्षले सहमतिमा गरेका छन् । पछिल्लो समयमा उत्पन्न बिबादित विषय यहि टुंगिएको र आगामी दिनमा यो विषय दुबै पक्षले नउठाउने सहमती भएको कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement