गौतमबुद्ध विमानस्थलको रन वे मा यती एयरको विमान दुर्घटना


बुटवल-  भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतबार यती एयरको विमान दुर्घटना भएको छ । २६ जना यात्रु र चालक दलका सदस्य भएको बिमान रन वे मा गुडिरहेका बेला  चक्का जाम भएर दुर्घटना भएको हो ।

काठमाडौंबाट ४: ४० मा उडेको जुलेट चार्ली विमान ५ः११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएका छन् ।

प्रहरीका अनुसार विमान रन वे मा गुडिरहेका बेला चक्का लग हुँदा विमान दुर्घटनाग्रस्त भएको हो । २६ जना यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement