पूर्व राष्ट्रपति भण्डारी र चिनियां उपराष्ट्रपति हान झेंगबीच गान्सुमा भेटवार्ता

पूर्व राष्ट्रपति भण्डारी र चिनियां उपराष्ट्रपति हान झेंगबीच गान्सुमा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– चीन भ्रमणमा रहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गरेकी छिन्। चीनको गान्सु प्रान्तमा भएको भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध र पार्टीस्तरीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा केन्द्रित छलफल भएको हो।

पूर्व राष्ट्रपति भण्डारीको भ्रमणलाई चिनियाँ पक्षले उच्च महत्व दिएको छ। चिनियाँ नेताहरूले उनलाई “नेताहरूको नेता” भन्दै सम्मान प्रकट गर्नुका साथै नेपालको राजनीतिक स्थायित्व र वाम एकता प्रवर्द्धनमा भूमिका खेल्न आग्रह गरेका छन् ।

१४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा रहेकी भण्डारीले उपराष्ट्रपति झेङसँगको भेटअघि ‘सभ्यताबीचको विनिमय र पारस्परिक शिक्षा’ शीर्षकमा आयोजित चौथो अन्तर्राष्ट्रिय संवाद कार्यक्रममा सम्बोधन गरेकी थिइन्।

त्यसअघि बेइजिङमा आयोजित कार्यक्रममा उनी प्रमुख अतिथिका रूपमा सहभागी भएकी थिइन्। उक्त कार्यक्रम चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको थियो। कार्यक्रममा उनले नेपाल–चीन सम्बन्ध र दुई देशबीचको सांस्कृतिक र राजनीतिक सहकार्यबारे धारणा व्यक्त गरेकी थिइन्।

बेइजिङमै उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ जियानचाओसँग छुट्टै भेट गरेकी थिइन्। भेटमा लिउले नेपालका वामपन्थी दलहरूबीच एकता कायम गर्न भण्डारीलाई अग्रसर भूमिका खेल्न आग्रह गरेका थिए।

पूर्व राष्ट्रपति भण्डारीको भ्रमणलाई लिएर चिनियाँ राजनीतिक वृत्तमा चासो र सम्मानको भाव देखिएको छ।