समृद्ध अछामको परिकल्पना कांग्रेसले मात्रै पूरा गर्न सक्छ : स्वाँर


अछाम– नेपाली कांग्रेस अछामका सभापति एवं प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार भरतकुमार स्वाँरले अछामको सम्रग विकासको एजेण्डा कांग्रेसले मात्र बनाएको दावी गरेका छन्।

 

 

पूर्वजिविस सभापति समेत रहेका स्वाँरले कांग्रेले नै अछाममा विकास योजनाहरुको थालनि गरेको भन्दै कांग्रेसको बहुमत आएमा नेपाल नै समृद्ध बन्नेमा ढुक्क हुन आग्रह गरे।

 

चुनावी आमसभालाई सोमबार लुंग्रामा सम्वोधन गर्दै स्वाँरले अछाम तथा सुदूरपश्चिम क्षेत्रको आर्थिक, भौतिक पूर्वाधार तथा सामाजिक क्षेत्रका विकासका लागि कांग्रेसको जित आवश्यक रहेको बताए।

 

 

नेपाली कांग्रेसले नै संविधान निर्माण गरको भन्दै स्वाँरले संविधानको कार्यान्वयन पनि कांग्रेसकै नेतृत्वमा हुनेमा विस्वस्त हुन उनले जनतालाई आग्रह गरे।

 

अछाम जिल्लाका लागी राष्ट्रिय स्तरका आयोजनाहरु सेती लोकर्माग, बुढीगंगा जलविद्युत आयोजना, खप्तड पर्यटन क्षेत्र विकास, संचार क्षेत्रको विकास, बिद्युत, खानेपानी, मध्यपहाडी, सेती लोकमार्ग, साफेबगर मेगासिटी लगायतका याजना कांग्रेसकै पालामा सुरुवात भएको भन्दै उम्मेद्धवार स्वाँरले यि सबै कामलाई पूर्णता दिन लोकतन्त्रको जित आवश्यक रहेको बताए।

 

 

प्रतिक्रिया दिनुहोस
Advertisement