प्रधानमन्त्री ओलीको भारत भ्रमण चैत्र २३ देखि २५ सम्म


काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमण तय भएको छ । उनी चैत २३ देखि २५ सम्म भारत जाने घोषणा केहि दिनमा हुने छ । ओलीले पहिलो भ्रमण भारतलाई रोजेका छन् ।

 एमाले अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री भए लगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेशमन्त्री सुष्मा स्वराजलाई विशेष दूतका रुपमा नेपाल पठाएका थिए ।

त्यसअघि ओली र मोदीबीच तिन पटक टेलिफोन वार्ता समेत भएको थियो । हाल भारतको भ्रमणमा रहेका उद्योग वाणिज्य मन्त्री मात्रिका यादव प्रधानमन्त्री ओलीको भ्रमणको वातावरण बनाउन भारत गएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement