काश्मिरमा पाँच भारतीय सैनिक मारिए


एजेन्सी- भारत प्रशासित काश्मिरमा पाँच भारतीय सैनिकको मृत्यु भएको छ। विवादित क्षेत्रमा आतंककारीले विछ्याएको विष्फोटक पदार्थका कारण मृत्यु भएको भारतीय सेनाकाे दाबी छ।

भारतीय सेनाले गत महिनादेखि पाकिस्तानी सीमा नजिकैको रजौरी जिल्लामा विद्रोहीको खोजी अभियान चलाइरहेको छ। सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चट्टानी र भिरालो क्षेत्रमा एउटा खोजी टोलीले गुफामा बसेका आतंककारीहरूको एक समूहलाई भेटेको छ।’

त्यसपछि संदिग्ध विद्रोहीले विष्फोटक पदार्थ विष्फोट गराउँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य चार सैनिक घाइते भएका थिए। पछि अन्य तीन जनाकाे पनि मृत्यु भएकाे अन्त्रराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सन् २०१९ मा नयाँ दिल्लीले कश्मीरको आंशिक स्वायत्तता खारेज गरेपछि कश्मीरमा केन्द्रविरोधी आक्रोश बढेको छ।

सन् १९८९ देखि विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानमा विलयको माग गर्दै भएको लडाईंमा दशौं हजार सर्वसाधारण, सैनिक र विद्रोही मारिएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement