एमाले कार्यकर्ता रिहापछि भरतपुरमा मतगणना सुरु


काठमाण्डु चितवनको भरतपुर महानगरपालिकामा अवरुद्ध भएको मतगणना फेरि सुरु भएको छ । नेकपा एमालेका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि मतगणना अवरुद्ध भएको थियो ।

सोमबार दिउँसो सवा ४ बजे वडा नम्बर २७ को मतपेटिका जाँचका लागि पुगेका एमालेका प्रतिनिधि फर्किने क्रममा एकाएक मतगणना स्थलमा प्रवेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

उनलाई पक्राउ परेको विषयमा एमालेका कार्यकर्ताले विरोध गर्दै उनलाई रिहा नगरेसम्म मतगणना हुन नसक्ने अडान लिएका थिए । भरतपुरको मतगणना अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement