राष्ट्रिय हितलाई प्राथमिकतामा राख्नुपर्छ : पूर्वमन्त्री थापा


काठमाडाैँ– पूर्व राजदूत डा भेषबहादुर थापाले प्रधानमन्त्रीको भारत भ्रमणमा मुलुकको राष्ट्रिय हित तथा राष्ट्रियतालाई संरक्षण गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले सोमबा आयोजना गरेको अन्तरक्रिया कार्याक्रममा राजनीतिज्ञ थापाले नेपाली जनताको चाहना राष्ट्रलाई बलियो र समृद्ध बनाउने भएको हुँदा सोही जनादेशअनुसार वर्तमान सरकार निर्माण भएको बताएका हुन् ।

“जनादेश नै आन्तरिक राज्य सञ्चालनको गोरेटो हो, नेपाली झुक्न तयार नभएको सन्देश सरकारले कूटनीतिक माध्यमबाट दिनुपर्छ ।” उनले भने ।

पूर्व अर्थमन्त्रीसमेत रहेका थापाले पञ्चेश्वर परियोजना सञ्चालन गर्न १७ वर्ष अगाडि दस्तखत भएको भएपनि कार्यान्वयन अहिलेसम्म हुन नसकेको बताउँदै नेपालको हितमा रहेका विगतका केही योजना कार्यान्वयनका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

नेपाल मानव संशाधन निर्यात गरी वस्तु आयात गर्ने राष्ट्रका रुपमा विकास हुँदै गएकामा चिन्ता व्यक्त गर्दै अर्थविद् थापाले भारतसँगको व्यापार घाटा न्यूनीकरणका लागि समेत छलफल गर्नुपर्ने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement