डडेल्धुराकै बिवादित ठेकेदार भीमबहादुर राष्ट्रियसभा छिर्ने दाउमा


टक खाती, काठमाण्डु- नेपाली कांग्रेसभित्र राष्ट्रियसभा सदस्यका लागि नेताहरुले दौडधुप थालेका छन् । माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसभित्र नेताहरु दौडधुपमा लागेका हुन् ।

कांग्रेसभित्र सुदूरपश्चिमबाट अहिलेसम्म तीन जना राष्ट्रिय सभाको दौडमा छन् । जसमा नेपाली कांग्रेस डडेल्धुराका सभापति भीमबहादुर साउद, केन्द्रीय सदस्यद्वय ज्ञयराज जोशी र गोविन्दबहादुर शाह रहेका छन् ।

कांग्रेसले एक सिट पाउने भनिएको सुदूरपश्चिमबाट भीमबहादुरको सम्भावना बलियो छ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासिला पात्र समेत रहेका साउद डडेल्धुराको परशुराम नगरपालिकाका पूर्वमेयर हुन् ।

साउद पूर्वमेयरको रुपमा मात्रै नभइ ‘पावरफूल’ ठेकेदारको रुपमासमेत परिचित छन् । राजनीतिक पहुँचका आधारमा ठेक्का लिएर काम अलपत्र पार्नेमा उनि अघि रहेका छन् ।

साउंदको राजेन्द्र निर्माण सेवा कम्पनीले ठेक्का लिएर देशभर नै दर्जनौँ योजना अलपत्र पारेको छ । उनको व्यापारिक साम्राज्य देउवा र आरजु राणाकै आर्सिवादले चल्छ । देउवाको नजिक भएकै कारण भीमबहादुरले सुदूरपश्चिममा सबैजसो ठेक्का आफैले लिने गरेका छन । तर, उनिमाथि काम अलपत्र गर्ने गरेको आरोप छ ।

देउवा र आरजुका निकट रहेका साउंद राष्ट्रियसभा छिर्ने दाउमा छन् । सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यका लागि आकांक्षी रहेका जोशी र शाहभन्दा साउद बलिया भएकाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उनि उम्मेदवार बन्ने पक्का पक्की नै भएको छ । सत्ता गठबन्धनको भागबण्डामा राष्ट्रिय सभामाको निर्वाचनमा कांग्रेसले १० सिट पाउने सम्भावना छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस
Advertisement