एमालेभित्रको किचलो अन्त्य गर्न भीम आचार्यका ६ सुझाव

एमालेभित्रको किचलो अन्त्य गर्न भीम आचार्यका ६ सुझाव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम आचार्यले पार्टीभित्रको किचलोले सिंगो राष्ट्रिय राजनिति बिथोलिएको टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीभित्र भइरहेका घात–प्रतिघात, गुट उपगुट, बिस्वास–अविस्वास, कार्वाही–प्रतिकार्वाहि, समर्थन–बिरोध जस्ता क्रियाकलापले २०६२/६३ को जनक्रान्तिले ल्याएका उपलब्धिहरु संकटमा परेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘यतिबेला नेकपा बिभाजन र एमाले भित्रको किचलोले सिंगो राष्ट्रिय राजनिति बिथोलिएको छ । २०६२/६३ को जनक्रान्ति ले ल्याएका उपलब्धिहरु संकटमा परेका छन् । अहिले नेकपा एमाले भित्र घात–प्रतिघात, गुट उपगुट, बिस्वास–अविस्वास, कार्वाही–प्रतिकार्वाहि, समर्थन–बिरोध जस्ता कृयाकलाप हरू भैरहेका छन् ।’

नेता आचार्यले गत फागुन २८ गते एमालेका अध्यक्ष केपी ओली समूहले गरेको एकपक्षीय निर्णय नै पार्टी विभाजनको मुख्य स्रोत भएको बताएका छन् । ओली समूहले फागुन २८ गते एकपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित भएका नेपाल समूहका नेताहरूको जिम्मेवारी खोस्नुका साथै पदसमेत खारेज गरिदिएको थियो ।

साथै उनले ओली समूहले गरेका बिभाजनकारी निर्णय र गतिविधिहरु अन्त्यको निम्ति निम्न कार्य गर्न आवश्यक रहेकाे बताएका छन् ।

(१) पार्टी को नवौं राष्ट्रिय महाधिवेशन ले निर्बाचित गरेको केन्द्रिय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा बैधानिक प्रकृया बाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठन हरु तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ। सार्बभौम सदस्य हरु बाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।

(२ )गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णय हरु खारेज गरिनुपर्छ र गरिएका सबै काम हरु void घोषणा गर्नु पर्दछ ।

(३) पार्टी भित्र का गुटहरुको टकरावका कारण यस बिच भयका द्वन्द्व र कामहरु को उपर्युक्त समयमा समिक्षा गर्दै भएका कमि कमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आबश्यक छ ।

(४) आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौती हरु को एकतावद्ध भएर सामना गर्नु पर्दछ ।

(५) पार्टी लाई बिधि–बिधान र स्थापित मान्यता हरु को आधारमा संचालन गर्नु पर्दछ ।

(६) नेतृत्व ले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमता का साथ पार्टी लाई एकतावद्ध बनाउने र सबै बामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टी हरुसंग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्र लाई एकतावद्ध बनाएर क्रान्ति का उपलब्धि हरु रक्षा गर्दै बिकास र समृद्धिको बाटोमा अघि बढनु पर्दछ ।