भीम रावल पुनः एमालेमा सक्रिय हुँदै, लामो सयमपछि ओलीसँग भलाकुसारी !


काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता भीम रावलबीच भेटवार्ता भएको छ । मंगलबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा लामो समय पछि नेता रावलले अध्यक्ष ओलीसँग भेटवार्ता गरेको हुन् ।

उनीहरुबीचको भएको भेटमा ओली र रावलबीच देशको समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको पछिल्लो अवस्थाबारे छलफल भएको जनाइएको छ । नेता रावले लामो समयपछि भएको भेट सकारात्मक भएको जानकारी दिए ।

“‘हाम्रो बीचमा भेट नभएको धेरै भएको थियो । आज एक अर्कासँग के छ, कस्तो छ भन्ने भलाकुसारी भयो । र, अहिले देशको स्थित, पार्टीको अवस्था के छ, कस्तो छ, भन्ने कुराकानी भयो । धेरै लामो कुराकानी भएन । फेरि भेट्ने कुराकानी भएको छ ।”, अध्यक्ष ओलीसँगको भेटपछि नेता रावलले भने । पछिल्लो समय भीम रावल पूनः पार्टीमा सक्रिय हुँदैछन् ।

पार्टीको १० औं राष्ट्रिय महाधिवेशनयता अध्यक्ष ओलीसँग सम्बन्ध राम्रो नभएका रावल त्यसयता पार्टी काममा समेत सक्रिय नभएका रावलले केही समय अगाडि गृह जिल्ला अछाममा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिबिधि र काम कारबाहीका बारेमा छलफल गरेका थिए ।

नेकपा हुँदाबाटै ओली र रावलको सम्बन्ध चिसिएको थियो । दशौँ महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा रावलले उम्मेदवारी दिएपछि उनीहरुबीच बोलचाल नै बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement