फागुन २८ को निर्णय मान्दैनौं, केपी ओलीलाई स्पष्टिकरण सोध्छौंः भीम रावल

फागुन २८ को निर्णय मान्दैनौं, केपी ओलीलाई स्पष्टिकरण सोध्छौंः भीम रावल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नेता भीम रावलले फागुन २८ गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णय मान्य नहुने बताएका छन्  । उनले नेकपा एमालेको माधव कुमार नेपाल निकट विद्यार्थी संगठन अखिलको भेलालाई सम्बोधन गर्दै केपी ओलीले एमाले फुटाउन खोजेको आरोप लगाएका छन् ।

‘केपी शर्मा ओली जीको फागुन २८ बसेको अवैध केन्द्रीय कमिटीको कुनै पनि निर्णय हामी मान्दैनौँ । नेपाली जनताले तपाईंलाई सोधिरहेका छन्, प्रतिनिधिसधा विघटन किन गर्नुभयो ?’ ओलीलाई प्रश्न गर्दै रावलले भने, ‘पार्टीको विधान मिचेर मनपरी किन गर्नुभयो आफ्नो केही गुटका मान्छे बोलाएर, हामीलाई थाहा नै नदिइ, ओली जीले पार्टी फुटाउने षडयन्त्र गर्नुभयो । पार्टीमा विभाजनको रेखा कोर्नुभयो । तै पनि हामीले उहाँलाई भन्यौँ तपाईंले यो निर्णय फिर्ता लिनुहोस् । तर, उहाँले मान्नु भएन ।’

‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ?’ स्पष्टीकरण सोध्दै आफूहरुलाई काटिएको पत्रलाई नक्कली केन्द्रीय कमिटीको अवैध पत्र भन्दै रावलले भने, ‘त्यस्तो नक्कली लुगा फुकालेर जस्ताको जस्तै जनतामा ल्याइदिन्छौं ।’ पार्टी विधानको निरन्तर उल्लंघन गरेकाहरुले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको बताएका छन् ।

Skip This